Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका कुमार दसौदी विजयी

लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका कुमार दसौदी विजयी

  • 1.7K
    SHARES

  • लुम्बिनीबाट राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका कुमार दसौदी  विजयी

    दाङ,माघ २५ ।

    राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट नेकपा (एमाले)का उम्मेदवार कुमार दसौदी निर्वाचित भएका छन्। बुधबार भएको उपनिर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार दसौदीले  ४०२६ मतभार प्राप्त गरे।

    उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

    उनका निकटतम् प्रतिष्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए। आचार्य ३२६ मतान्तरले पराजित भएका हुन्।

    त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेद वार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्।  लुम्बिनी प्रदेशमा कुल मतभार ७००९ रहेको थियो। निर्वाचन अधिकृत कार्कीका अनुसार प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो।

    लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए। प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुख हरेकको मतभार १८ हुने गर्छ।

    प्रदेश सभा सदस्य  र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोमा रूपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी भइनन्। 

    गत असोज २३ गते नेकपा (एमाले) बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि बुधबार उपनिर्वाचन गराइएको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology