Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लोकतन्त्रलाई बचाउने हो भने न्यायालय र प्रेस स्वतन्त्रलाई बचाउनुपर्छ :डा. शेखर कोइराला

लोकतन्त्रलाई बचाउने हो भने न्यायालय र प्रेस स्वतन्त्रलाई बचाउनुपर्छ :डा. शेखर कोइराला

  • 996
    SHARES

  • लोकतन्त्रलाई बचाउने हो भने न्यायालय र प्रेस स्वतन्त्रलाई बचाउनुपर्छ :डा. शेखर कोइराला

    भरतपुर, माघ २४ ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउन नसक्ने बताउनुभएको छ।

    नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशनको मंगलबार सौराहामा उद्घाटन गर्नुहुँदै  नेता कोइरालाले लोकतन्त्रलाई बचाउने हो भने न्यायालय र प्रेस स्वतन्त्रलाई बचाउनुपर्ने धारणा राख्नुभएको हो।

    “स्वतन्त्र न्यायालय र स्वतन्त्र सञ्चार नभए लोकतन्त्र फस्टाउन सक्दैन।लोकतन्त्र नफस्टाएसम्म विकास सम्भव छैन”, उहाँले भन्नुभयो।लोकतन्त्र बचाउन न्यायपालिका र प्रेस जगत् स्वतन्त्र हुनुपर्ने उहाँको भनाइ छ।

    चितवन क्षेत्र नम्बर २ का मतदातालाई उहाँले अविचलित हुन आग्रह गर्नुभयो। “तपाईँहरू अभिभावकविहीन नठान्नु होला।तपाईंसग कांग्रेस छ”, उहाँले भन्नुभयो। चितवन २ मा रवि लामिछानेको संसद् पद सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँले सो पदका लागि हुने उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो। 

    उहाँले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारी रहने र सो उमेदवारीलाई अन्य दलसँगको समन्वयमा जिताइने पनि बताउनुभयो।

    यस्तै कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोख्रेल, अजयबाबु सिवाकोटी, गोविन्द भट्टराई,  नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, युनियनका अध्यक्ष शिव लम्साल उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेललगायतले सम्बोधन गर्नुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology