बुटवल,भदौ १७ –
आज एकैदिन रुपन्देहीका दुई अस्पतालमा उपचारत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा २ जनाकाे र बुटवलकाे कोरोना बिशेष अस्पतालमा १ जनाकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेहरुमा रुपन्देही,नवलपरासी र कपिलबस्तुका १-१ जना छन् ।
बुटवल उपमहानगरपालिका वडा नंं ६ सब्जीमण्डीका कोरोना संक्रमित ५७ बर्षीय पुरुषको मृत्यु भएको छ । मृतक पुरुष मुटुको रोगी भएको अस्पतालकी मेडिकल सुपरिटण्डेन्ट डा.सकुन्तला गुप्ताले जानकारी दिइन् । उनको दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यहि १५ गते भैरहवाको भीम अस्पताल पुर्याइएको थियो ।
भीम अस्पपतालमा आज बिहान पनि नवलपरासी पश्चिम रामग्राम ५ की एक ६५ वर्षीय महिलाको मृत्यु भएको थियो । त्यसैगरी आज बिहानै कपिलवस्तुकी कृष्णनगरी ६० वर्षीया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो ।
यी पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)