बुटवल,मंसिर ३-
पाल्पाको निस्दीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । होङ्सी शिवम् सिमेन्ट्स नवलपुर सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको टिपर मंगलबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पाल्पाको निस्दी गाउंपालिका–७, ज्यामिरेको मठेखर्कमा दुर्घटना हुंदा टिपर चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिकाका ४० वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ८ ख ७९०५ नम्बरको टिपर निस्दी, भुटुकेको चुनढुंगा खानीबाट चुनढुंगा लिएर सर्दीतर्फ जादै गर्दा ओरालोमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)