Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस संसदीय दलको नेतामा देउवा भर्सेस गगन,मनोनयन दर्ता !

कांग्रेस संसदीय दलको नेतामा देउवा भर्सेस गगन,मनोनयन दर्ता !

  • 1.6K
    SHARES

  • कांग्रेस संसदीय दलको नेतामा देउवा भर्सेस गगन,मनोनयन दर्ता !

    काठमाडौं,पुस ५ ।

    नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दुबै नेताले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका हुन् । 

    निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधबार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको छ । सोमबारदेखि नै सुरु भएको निर्वाचन प्रक्रियाअनुसार आज तोकिएको मनोनयनको समयभित्र देउवा र थापाको उम्मेदवारी परेको हो । sher.jpg

    थापालाई युवा नेता प्रदीप पौडेलले पनि समर्थन गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका उनी निर्वाचनबाट विजयी भएसँगै देउवालाई छाडेर गगन क्याम्पतर्फ पुगेका हुन् । पौडेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । 

    संसदीय दलको निर्वाचनमा पौडेलसँगै उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थक गरेका छन् । प्रस्तावकमा भने डा शेखर कोइराला रहेका छन् । मंगलबार बसेको इतर पक्षको बैठकले गगन थापालाई संसदीय दलको साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

    यसैगरी सभापति देउवाको प्रस्तावकमा भने नेता रामचन्द्र पौडेल रहेका छन् । यस्तै समर्थकमा पूर्णबहादुर खड्का रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology