Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना,श्रीमतीको मृत्यु

कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना,श्रीमतीको मृत्यु

  • 2.3K
    SHARES

  • कपिलवस्तुमा श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना,श्रीमतीको मृत्यु

    बुटवल मंसिर १ -

    कपिलवस्तुको वाणगंगा नगरपालिका ५ कोपवामा मोटरसाइकल दुर्घटना हुदा एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार ४० बर्षिय रामकली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । 

    वाणगंगा वडा नम्बर ११ मैरी बस्ने अनिरुद्ध चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदा उनको श्रीमती रामकलीको मृत्यु भएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनु भयो ।

    मृतक चौधरीको श्रीमान अनिरुद्ध चौधरी समेत घाइते भएका छन । मोटरसाइकल चालक अनिरुद्ध प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक गुरुङले बताउनु भयो । कोपवा स्थित महेन्द्र माध्यमिक विद्यालय देखि २ सय मिटर पश्चिममा महिलाको शव देखेपछी आज विहान स्थानियले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए । 

    घटनापछि श्रीमान बाइक लिएर घर गएको र पछि अटो रिक्सा लिएर आउदाश्रीमतीको मृत्यु भएपछि भने प्रहारीलाई खबर नगरी घरमा गएको अनुशन्धानका क्रममा खुलेको छ । 

    pipara police kapil vastu.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology