बुटवल,कार्तिक ३०-
बुटवलका समाजसेवी डिल्ली प्रसाद शर्मा आचार्य गण्डकी सभ्यता बचाँउ महाअभियानको केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।
१७ वटा समिति मिलेर बनेको गण्डकी सभ्यता बचाँउ महाअभियानको मुल समितिको केन्द्रीय सदस्यमा मनोनयन गरेकाे गण्डकी सभ्यता बचाऔ महाअभियान, मुल समिति ,केन्द्रिय सचिवालय काठमाडौंले जनाएकाे छ ।
मुक्तिनाथदेखि देउघाट कालिगण्डकीको सेरोफेरोको सभ्यताको अध्ययन,यस्को संरक्षण र महिमाको बारेमा यसले अध्ययन गर्ने आचार्यले नागरिक अनलाइनलाइ बताए ।
बुटवल १२ निवासी उनी श्री स्वामिनारायण मुक्तिनाथ विकास ट्रष्ट रुपन्देहीका अध्यक्ष, मुक्तिनाथधाम बुटवलका संस्थापक अध्यक्ष,नेपाल प्रजातान्त्रीक महासंघका केन्द्रीय सदस्य,धौलागिरी समाज नेपालका आजिबन सदस्य,एबं महासंघको साहित्य तथा सस्कृति विभागका केन्दिय संयोजक विश्व हिन्दु महासंघका आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)