बुटवल,असोज ३०-
बुटवलका डिल्ली प्रसाद शर्मा आचार्य नेपाल प्रजातान्त्रिक महासंघकाे केन्द्रिय साहित्य तथा साँस्कृतिक बिभागकाे संयोजकमा मनोनयन भएका छन् । रुपन्देही बुटवल उपमहानगरपालिका १२ निबासी शर्मा लामाे समयदेखि समाजसेवामा समर्पित छन् ।
उनी नेपाली कांग्रेस सम्बद्ध नेपाल प्रजातान्त्रिक महासंघ आमन्त्रित केन्द्रिय सदस्य समेत हुन् ।शर्मालाई महासंघ केन्द्रिय कार्य सम्पादन समितिको निर्णय अनुसार सास्कृतिक बिभाग संयोजकमा मनाेनयन गरिएकाे हाे ।
मनाेनयनपछि नागरिक अनलाइनसंग कुराकानी गर्दै आचार्य नेपालकाे साहित्य तथा सांस्कृतिलाइ थप बलियाे बनाउन आफूले सक्दाे याेगदान दिने प्रतिबद्धता जनाए ।
आचार्यले सामाजिक,धार्मिक, शैक्षिक तथा ब्यबसायीक क्षेत्रबाट राज्यलाई याेगदान पुर्याउदै आएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)