बुटवल,कार्तिक ३०-
दाङमा ट्रकको ठक्करवाट एक महिलाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. १ नर्तीमा ना ६ ख ४६७ नम्वरको ट्रकको ठक्करवाट अन्दाजी ३५ देखि ४० बर्षीया एक महिलाको मृत्यु भएको छ ।
आइतवार विहान ६ बजेतिर विराटनगरवाट महेन्द्रनगर तर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्पताल पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काकाले ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले लमही ९ रिहारबाट नियन्त्रणमा लिएको जानकारी दिए ।
मृतकको पहिचान खुल्न नसकेको खड्काले बताए । मृतकको शव पोष्ट मार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)