Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु,गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाँण 

जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु,गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाँण 

  • 1.7K
    SHARES

  • जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु,गठबन्धनकै सरकार बन्छ : गृहमन्त्री खाँण 

    बुटवल,मङसिर ११ ।

    गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताउनु भएको छ ।

    रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आवद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरुप अगाडि बढिने बताउनु भयो । यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने पनि खाणले बताउनु भयो ।  

    प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाणको भनाइ छ । ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भन्नुभयो, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ । पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’

    रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहनु भएका खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताउनु भयो । खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित हुनुभएको थियो ।

    ‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भन्नुभयो ।  भट्टराई प्रधानमन्त्री हुँदा पनि निर्वाचनमा पराजित भएर नतिजा स्वीकार गर्नुभएको थियो ।

    आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेद्वार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाणले बताउनु भयो ।

    गृहमन्त्रीका रुपमा प्रतिनिधि सभारप्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूणर् रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाणले बताउनु भयो ।

    जनताको लामो संघर्षपछि आएको व्यवस्थालाई मझवुत बनाउन गठबन्धन निर्माण गरेर त्यसलाई पाँच वर्ष चलाउनुपर्छ भन्ने विषयको सुत्रधार भएकाले गठबन्धन विरोधीहरुको तारोमा आफू परेको पनि गृहमन्त्री खाणले बताउनु भयो । आफू निर्वाचनमा पराजय व्यहोरे पनि गठबन्धलाई टिकाइराख्न भरमग्दुर प्रयास गरिरहने उहाँको भनाइ थियो ।

    khad.jpg

    गठबन्धन नगरी मुलुकको राजनीति सम्हाल्न र मुलुकमा विकासको गति अगाडि बढाउन नसकिने उहाँको दाबी थियो । उहाँले पाँच दलीय गठबन्धनविरुद्ध एमाले नेतृत्वमा बनेको विपक्षी दलहरुको गठबन्धन प्रतिगमनकारी भएको बताउनु भयो । 

    वर्तमान सरकारले जसले गणतन्त्र र संघीयता स्वीकार गरेको छैन् त्यसलाई पनि निर्वाचनमा भाग लिने अवस्थासम्म पुर्‍याउन सकेको बताउनु भयो । गणतन्त्र र संघीयता समेटिएको संविधान र त्यही संविधान अनुरुप बनेका कानुन अनुसार भएको निर्वाचन स्वीकार गरेपछि त्यो पार्टीले पनि गणतन्त्र र संघीयता स्वीकारेको ठहरिएको उहाँको भनाइ थियो ।

    आफ्नै पार्टीका केही नेता गठबन्धनको विरुद्धमा लागिरहेको भन्दै त्यो प्रयास सफल हुन नदिने गृहमन्त्री खाणको भनाइ थियो । आफू सरकारमा भए पनि नभए पनि गठबन्धनका पक्षमा रहने र सफल पार्न लागिरहने उहाँको भनाइ थियो । बैठकमा बोल्ने अन्य नेताहरुले गठबन्धनमा रहेका दलहरुका आन्तरिक कारणले राम्रो जनमत हुँदाहुँदै पनि पराजय व्यहोर्नुपरेको बताएका थिए । 

    बैठकमा गठबन्धनका तर्फबाट उम्मेदवार भई प्रदेश सभा कमा निर्वाचिन लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेलाई गृहमन्त्री खाणले सम्मान गर्नु भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology