बुटवल, कात्तिक २८-
नवप्रवेशी सुनिलबहादुर थापालाई नेपाली कांग्रेसले सहमहामन्त्री बनाएको छ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको एक नेताले नागरिक अनलाइनलाइ जानकारी दिए।
यसका साथै बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको छ।
थापा २०७७ साउन १३ गते कांग्रेसमा प्रवेश गरेका थिए । उनी राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्। राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)