बुटवल, कात्तिक २८-
पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३५ सय ३७ जना निको भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २०२ पुगेको छ। यस्तै हालसम्म ९८६ जना क्वारेन्टिनमा रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)