Logo मंगलवार, श्रावण १२ गते २०८३
images

स्थानीयको सहमतिपछि बुटवलको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालयलेआंगिक क्याम्पस चलाउने

स्थानीयको सहमतिपछि बुटवलको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालयलेआंगिक क्याम्पस चलाउने

  • 5.8K
    SHARES

  • स्थानीयको सहमतिपछि बुटवलको नयाँगाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालयलेआंगिक क्याम्पस चलाउने

    बुटवल,कार्तिक २७- 

    लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलको नयाँगाउँमा आंगिक क्याम्पस स्थापना गर्ने भएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १२ र १३ स्थित नयाँगाउँ माध्यमिक विद्यालयको खाली रहेको जग्गामा आंगिक क्याम्पस बनाउने प्रस्ताव विश्वविद्यालयले गरेको थियो । नयागाउ माबिको अभिभावक भेलाले विश्वविद्यालयको प्रस्ताव स्विकृत गरेको छ ।

    विद्यालयमा बिहिबार विहान भएको व्यवस्थापन समिति र अभिभावकको भेलाले सर्बसम्मत रुपमा विश्वविद्यालयलाई जग्गा दिने निर्णय गरेको हो । व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले विश्वविद्यालयको संरचना आउनु नयागाउ क्षेत्रकै लागि महत्वपूर्ण भएकाले जग्गा दिने सहमति भएको बताए ।

    बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले कम्तिमा ५ विगाहा जमिनमा पूर्वाधार बनाउन सकिने बताए । विश्वविद्यालयले सोही बमोजिम नयागाउ माबिसंग बजेट माग गरेको थियो ।

    असोजको अन्तिम साता सम्पन्न सिनेट बैठकबाट पारित भएको आंगिक क्याम्पस बुटवलमा राख्ने निर्णय गरेको थियो ।हाल शिक्षा निर्देशनालय रहेको क्षेत्र वरीपरी विश्वविद्यालयका संरचना तयार हुनेछन् । रजिष्टार आचार्यका अनुसार प्रशासनिक भवन, शैक्षिक भवन, पुस्तकालय, चमेना गृह लगायतका संरचना बनाइनेछ । त्यसका लागि बुटवल नगरभित्र जग्गाको खोजी भइरहेको थियो ।

    सिटी कलेजमा मानविकी संकाय पहिलो चरणमा सञ्चालनमा आउनेछ । क्रमश अन्य विषयहरु समेत पठनपाठन गरिने आचार्यले जानकारी दिए । यो डिन कार्यालयसहित स्थापना हुने विश्वविद्यालयको पहिलो आंगिक क्याम्पस हो ।नयागाउ माविले सो जग्गामा रहेको अतिक्रमण हटाएर क्याम्पस सञ्चालन गर्ने योजना बनाएको छ ।nayagaun mavi.jpg

    केही पूर्वाधार समेत निर्माण भएको छ । तर आर्थिक स्रोत नभएपनि क्याम्पस सञ्चालन गर्ने योजना अलपत्र परेको प्राध्यानाध्यापक पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

    अभिभावक भेलामा बोल्दै नयाँगाउ मावि व्यवस्थापन समितिका पूर्वअध्यक्ष डिल्लीप्रसाद शर्माले विश्वविद्यालय आउनु अत्यन्तै खुसीको खबर भएको बताए ।

    समुदायले क्याम्पस चलाउन अव कठिन हुने भएकाले सरकारी विश्वविद्यालय नै आउदा यो क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए । सबैले  शिक्षाको बिकासमा टेवा पुर्याउनुपर्ने माबिका शिक्षक रामप्रसाद बञ्जाडेले बताए । 

    स्थानीय एवं पत्रकार डीआर घिमिरेले विश्वविद्यालय नयागाउमा आउदा समग्र शैक्षिक क्षेत्रमै सकारात्मक प्रभाव पर्ने बताए । भेलामा वडा नम्बर १२ का अध्यक्ष दुर्गाप्रसाद सुवेदी र वडा नम्बर १३ का अध्यक्ष नारायण पुनले विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनका लागि स्थानीय सरकारबाट सबै सहयोग हुने बताए ।

    बौद्ध विश्वविद्यालयले बुटवल बाहेक देवदह, रामग्राम र तिलौराकोटमा पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्दैछ । 

    याे पनि :

    लुम्बिनी बौद्ध विश्वविद्यालयले पहिलो आंगिक क्याम्पस बुटवलमा स्थापना गर्दै

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology