दाङ,कात्तिक २६ ।
दाङमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एउटै मोटरसाईकलमा सवार तीन युवाको मृत्यु भएको छ ।
पश्चिमवाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्वरको ट्रकले विपरित दिशा तर्फ आउँदै गरेको रा ५ प ६७३३ नम्वरको मोटर साईकललाई मंगलवार बेलुका साढे ८ बजेतिर मौरीघाट नजिकै ठक्कर दिदा मोटरसाईकलमा सवार तीन युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमति खड्काले तीनै जना युवाको लमही अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाका १६ बर्षीय मनोज गाहा, राप्ती २ लालमटियाका १८ बर्षीय कसम पुन र राप्ती ८ पिपरीका १८ बर्षकै दिनेश घर्ती रहेको उनले बताए ।
पूर्ववाट पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाटमा लमहीवाट भालुवाङ जाँदै गरेको ट्रकले विपरित दिशा तर्फ आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रकपनि सडकमै पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)