Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

मुक्तिनाथ धाममा एकहप्ते  युवा संस्कार एवं योग बिज्ञान शिविर सम्पन्न

मुक्तिनाथ धाममा एकहप्ते  युवा संस्कार एवं योग बिज्ञान शिविर सम्पन्न

  • 1.6K
    SHARES

  • मुक्तिनाथ धाममा एकहप्ते  युवा संस्कार एवं योग बिज्ञान शिविर सम्पन्न

    बुटवल,कार्तिक ३ ।

    बुटवलमा एकहप्ते  युवा संस्कार एवं योगबिज्ञान शिविर सम्पन्न भएको छ ।शिबिरमा प्रदेशका १२ जिल्लाबाट ५ सय जनाको सहभागिता थियो । दैनिक योग शिबिर संस्कार शिबिर चलाइएपछि सहभागिले शिबिरबाट निकै लाभ भएको बताए ।

    १६ बर्षदेखि ३५ बर्ष सम्मको युवा हरुलाई लक्षित गरी धर्म, संस्कार, संस्कृति र प्रकृतिको रक्षाका साथै स्वास्थ्य सवल,सक्षम र आत्मनिर्भर बनाई समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने व्यक्तित्व बिकास अभिबृद्धि गराउने अभिप्रायले शिबिर गरिएको हरीशरण पाण्डेले बताउनुभयो । 

    युवा नेपाल समितिले आयोजना गरेको एक हप्ताको आवशीय योग, आयुर्बेद, बिज्ञान, आध्यात्म, व्ययाम सिकाइएको हो ।

    आवाशिय शिबिरमा क्रियाकलापहरु योग कक्षा, ध्यान साधना,हवन यज्ञ सर्वाङ्ग सुन्दर व्यायाम ,सुर्य नमस्कार संगितमय ,संगितमय भुमि नमस्कार र आत्म रक्षा कला लाठीभालाको प्राचिन युद्धकला  कदम चाल मार्चिङ्ग र्नियुद्धम कराँते, कठिन आसन, मानव स्तुप निर्माण, नेतृत्व बिकास, मन्त्र उच्चारण, भजन तथा नृत्य को साथै दैनिक बिशिष्ट व्यतिmहरुद्धारा आध्यात्मिक, दार्शिनिक ,बौद्धिक, प्रेरणा प्रदान गर्ने कार्य भएको ब्रह्मनिष्ठ १००८ स्वामी लोकानन्दले बताउनुभयो ।

    बुटवल १२ नयाँगाउँ मुक्तिनाथ धाममा  भएको शिबिरमा सहभागि सबैलाइ प्रमाणपत्र बितरण गरिएको कार्यक्रम संयोजक कमल पौडेलले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology