बुटवल,असोज २८ ।
बुटवलमा एकहप्ते युवा संस्कार एवं योगबिज्ञान शिविर आजबाट शुरु भएको छ ।
शिबिरको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभयो । शिबिरमा प्रदेशका १२ जिल्लाबाट ५ सय जनाको सहभागिता छ । दैनिक योग शिबिर संस्कार शिबिर चलाइने जनाइएको छ ।
१६ बर्षदेखि ३५ बर्ष सम्मको युवा हरुलाई लक्षित गरी धर्म, संस्कार, संस्कृति र प्रकृतिको रक्षाका साथै स्वास्थ्य सवल,सक्षम र आत्मनिर्भर बनाई समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने व्यक्तित्व बिकास अभिबृद्धि गराउने अभिप्रायले शिबिर गरिएको हरीशरण पाण्डेले बताउनुभयो ।
युवा नेपाल समितिले आयोजना गरेको एक हप्ताको आवशीय योग, आयुर्बेद, बिज्ञान, आध्यात्म, व्ययाम सिकाइने छ । आवाशिय शिबिरमा हुने क्रियाकलापहरु योग कक्षा, ध्यान साधना,हवन यज्ञ सर्वाङ्ग सुन्दर व्यायाम ,सुर्य नमस्कार संगितमय ,संगितमय भुमि नमस्कार र आत्म रक्षा कला लाठीभालाको प्राचिन युद्धकला कदम चाल मार्चिङ्ग र्नियुद्धम कराँते, कठिन आसन, मानव स्तुप निर्माण, नेतृत्व बिकास, मन्त्र उच्चारण, भजन तथा नृत्य को साथै दैनिक बिशिष्ट व्यतिmहरुद्धारा आध्यात्मिक, दार्शिनिक ,बौद्धिक, प्रेरणा प्रदान गर्ने कार्य हुने ब्रह्मनिष्ठ १००८ स्वामी लोकानन्दले बताउनुभयो ।
प्रमुख प्रशिक्षकमा पूज्य साध्वी देवबिजया , प्रशिक्षकहरुमा लोकनाथ खनाल,हरीशरण पाण्डे अन्जना खडका छन् । उद्घाटन सत्रमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, सैनामैना नगरपालिकाका मेयर फणिन्द्र शर्मा सहभागि भएको कमल पौडेलले बताए । शिबिर बुटवल १२ नयाँगाउँ मुक्तिनाथ धाममा भैरहेको हो ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)