बुटवल,कार्तिक २४-
रुपन्देहीमा साेमबार दुईजना कोरोना संक्रमितको मृत्यु भएकाे छ । बुटवलको कोरोना बिशेष अस्पतालमा ४५ वर्षीय पुरुषको मृत्यु भएको हाे भने भैरहवाको भिम अस्पतालमा अर्का एक संक्रमितको मृत्यु भएको हाे ।
सैनामैनाबाट उपचारकालागि भिम अस्पतालमा भर्ना भएकी ५६ वर्षीया महिलाको बिहान ६ः२०मा मृत्यु भएको भीम अस्पतालले जनाएको छ । कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी १९ गते साे अस्पतालमा भर्ना भएकी थिईन् ।
मधुमेहको समेत समस्यारहकी उनको बिहान ६ः२० मा मृत्यु भएको अस्पतालका सुचना अधिकृत डा. नारायण पोखरेले जानकारी दिए ।आजै बिहान बुटवल स्थित कोरोना बिशेष अस्पतालमा बुछवल १७ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । थप मृत्यु भएसँगै रुपन्देहीमा मृतकको संख्या ८१ जना पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)