Logo बिहिवार, आश्विन १ गते २०८३
images

वैदिक सनातन धर्म सेवा समाज पाणिनीको वार्षिक साधारणसभा

वैदिक सनातन धर्म सेवा समाज पाणिनीको वार्षिक साधारणसभा

  • 3.5K
    SHARES

  • वैदिक सनातन धर्म सेवा समाज पाणिनीको वार्षिक साधारणसभा

    बुटवल,कार्तिक २३- 

    वैदिक सनातन धर्म सेवा समाज पाणिनी गाउँपालिकाको वार्षिक साधारणसभा भएकाे छ ।

    पाणिनी गाउँपालिका ५ मैदानमा रहेको आलमदेवी मन्दीरको प्राङ्गणमा वार्षिक अधिवेशन तथा दीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हाे ।

    कार्यक्रममा प्रमुख अतिथि पाणिनी ५ मैदानका अध्यक्ष जिवलाल घिमिरे आजका युवाहरू संस्कृति नभएर विकृतीतर्फ उन्मुख भैरहेको बेला यस्तो कार्यक्रममार्फत युवाहरूलाई संस्कारको ज्ञान गराउन आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरमा पुर्वीय दर्शनको अध्यापन भैरहेको बेला सबै नेपाली दाजुभाइहरु धर्मतर्फ उन्मुख हुनुपर्ने उहाँले जोड गर्नुभयो । 

    विशिष्ट अतिथी समाजसेवी मणिराम पौडेलले धर्मले नै मानवजीवनलाई सभ्य सुसंस्कृत गराउने बताउँदै धर्मलाई सामाजिक व्यवस्थाका आधारमा धर्ममाथी आक्षेप लगाउन नहुने बताउने बताउनुभयो ।

    संस्थाका कोषाध्यक्ष टेकनारायण गैरेले संस्थाको सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा  वेदुराम घिमिरे ,लेखबहादुर टण्डन,नारायण गैरे,शालिकराम बेल्बासे,मोहिनिराम घिमिरे,हरि घिमिरे पत्रकार डिआरजी सुमन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम समाजका अध्यक्ष पं. चन्द्रमणी घिमिरेको अध्यक्षता,सचिव डिल्लीराज बेल्बासेको सन्चालन एवम् उपाध्यक्ष अनन्तप्रसाद घिमिरेको स्वागत मन्तव्यमा सम्पन्न भएको धार्मिक अभियन्ता शिवलाल पौडेलले जानकारी दिनुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology