Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना,१ हजार २ सय ४८ जना प्रहरी परिचालन

रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना,१ हजार २ सय ४८ जना प्रहरी परिचालन

  • 1.6K
    SHARES

  • रुपन्देहीमा चाडपर्व लक्षित सुरक्षा योजना,१ हजार २ सय ४८ जना प्रहरी परिचालन

    बुटवल,असोज १०।

    रुपन्देही प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । चाड पर्वमा सम्भावित अपराधिक घटना नियन्त्रण तथा दुर्घटना रोक्न, प्रहरीको कामलाई प्रभावकारी बनाउन १ हजार २ सय ४८ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

    अरुबेला भन्दा चाडपर्वमा सुरक्षाकर्मी २० प्रतिशतले बढाइएको रेग्मीले बताए । अवैध गतिविधि गर्नेहरुलाई ठाउँको ठाउँ कारवाही गर्नेगरी प्रहरी चौबीसैं घण्टा आम नागरिकको सुरक्षामा खट्ने उनको भनाई छ ।  

    आर्थिक कारोबार बढी हुने सुनचाँदी पसलहरु, बैंक तथा वित्तीय संस्थामाथि सुरक्षा निगरानी वृद्धि गर्ने, स्वदेश फर्किने नेपालीहरूमाथि सीमा नाकामा हुनसक्ने हैरानी, लुटपाटलाई मध्येनजर राखी सुरक्षा सतर्कता बढाउने र नेपाल फर्कन सहजीकरण गर्ने, आवश्यकता अनुसार मुख्य राजमार्गमा रातको समयमा गस्ती र चेकिङ गर्ने कार्य प्रहरीले शुरु गरेको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology