बुटवल,असाेज ८ ।
लुम्बिनी वल्ड स्कूल तिलोत्तमा नगरपालिका–१३ मधवलिया रुपन्देहीमा ‘टिचिङ–लर्निङ एक्स्पो–२०७९’ कार्यक्रम गरेको छ । गरेर सिक्ने लर्निङ बाई डुइङ तरिका अपनाएर सुरु गरिएको पठनपाठनको १ सय दिन पुगेको अवसरमा विद्यार्थीहरुले कसरी आफूलाई सिकाइमा सहभागी गराइरहनुभएको छ भन्नेबारे जानकारी आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद ढकालले बताए ।
करिब १०० आयाेजना सहित बृहत बिज्ञान प्रदर्शनी कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले गरे । साे अवसरमा उनले तिलोत्तमामा गुणस्तरीय शिक्षाका लागि लुम्बिनी वल्र्ड स्कूलले ईट्टा थप्ने काम गरेको बताए । उनले भने, ‘तिलोत्तमालाई शैक्षिक हब बनाउन नगरपालिकाले सहकार्य गर्नेछ ।’ तिलोत्तमामा सामूदायिक र निजी विद्यालयबीच विभेद नहुने उनको भनाइ थियो । उनले मुलुकमा शिक्षा लगानी भए अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताए । नगरप्रमुख खाँणले जनप्रतिनिधिको एक्लो प्रयासले मात्र विकास नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेले मुलुकबाहिर जाने पैसा रोक्नुपर्छ र शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्ने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याइएको बताए । उनले भने, लुम्बिनी वल्र्ड स्कूल नयाँ भवनबाट सञ्चालनमा ल्याउँदैछौं ।
तिलोत्तमा नगरपालिका–१३ का वडाअध्यक्ष नारायण ढकालले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई रोक्नुपर्ने बताए । उनले विभिन्न प्रलोभन देखाएर विद्यार्थीहरुलाई विदेश पलायन गरिएको बताए । उनले भने, ‘विद्यार्थीको पहिलो शिक्षक अभिभावक हुन् । ’
प्याब्सन तिलोत्तमाका अध्यक्ष केएन सागर ज्ञवालीले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बताए । उनले सामूदायिक र संस्थागत विद्यालयलाई समान रुपमा हेर्नुपर्नेमा जोड दिए ।
विद्यालयका अभिभावक टेकनाथ बस्यालले अभिभावकले आफ्ना बालबालिकाहरुलाई कति समय दिन्छौ भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।लुम्बिनी वल्र्ड स्कूलका प्रिन्सिपल विष्णु प्रसाद ढकालले भौतिक पूर्वाधार र सामग्रीसँगै शिक्षकमा पनि उत्तिकै लगानी आवश्यक रहेको बताए । उनले भने, ‘पढाउनका लागि शिक्षक कलात्मक हुनुपर्छ ।’
विद्यालय सञ्चालक समितिका अध्यक्ष योगेश घिमिरेको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यता, विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद ढकालको स्वागत तथा विद्यार्थीद्वय सुयोग भण्डारी र स्मीता विष्टको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा अभिभावक, शिक्षाप्रेमी लगायतको उल्लेख्य उपस्थिति रहेको स्कूल सञ्चालक समिति सदस्य गाेकर्ण पाण्डेले बताए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)