बुटवल,भदाै ३० ।
५८ औँ वाल दिवसको अवसरमा लुम्बिनी वल्र्ड स्कूलमा कला प्रदर्शन गरिएको छ ।कक्षा १ देखि ८ सम्मकाविद्यार्थीले आ–आफ्नो कलाप्रदर्शन गरेका हुन ।
कार्यक्रमको उद्घाटन कक्षा ३ का विद्यार्थीहरुद्धारा निर्मित रकेट उडाएर गरिएको थियो । कक्षा १, २ र ३ बाट समुहगतगायन र नृत्य प्रदर्शन गरेका थिए । त्यस्तै गरि कक्षा ४ बाटवालअधिकार र आफ्नो कर्तव्य शीर्षकसंवादप्रहशन, कक्षा ५ र ६ बाट आफुमा रहेको कला र शिल्पको प्रदर्शन, कक्षा७ बाट अङ्ग्रेजी भाषामा समूहगत वक्तृत्वकला र कक्षा ८ बाट नेपाली भाषामा समूहगत वक्तृत्वकला प्रस्तुत गरेका थिए ।
स्कुलले विभिन्न धर्म संस्कृतिको सांस्कृतिक र वैज्ञानिक महत्व र यिनिहरुको जगेर्ना के कसरी गर्न सकिन्छ भनेर विद्यार्थी माझ छलफल चलाउदैँ आउने क्रममा वालदिवसकै अवसर पारेर हिन्दुहरुको सोह्र श्राद्धको महिमामा पनि छलफल भएको छ ।
विद्यालयका एकेडेमी डाईरेक्टर डा. मिन प्रसाद खनालले आफ्नो वाल्यकाल कस्तो थियो भन्ने कुरा आफ्नो मन्तव्यको क्रममा विद्यार्थीहरुसँग बाड्नुभयो ।
विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकालले विहानदेखि राती सुत्ने वेलासम्मगरिने हरेक क्रियाकलापहरुलाई सिकाईसँग जोड्न सकिने बताउनुभयो ।
उहांले दर्शन अनुसार यस विद्यालय अगाडी बढिरहेको अवगत गराउदैँ विभिन्न चाडपवर्, रितीरिवाजहरुलाई कसरी विद्यार्थीको सिकाइमाजोड्न सकिन्छ भनेर अहोरात्र खटेर अध्ययन, अनुसन्धान र उमेर समुहअनुसारको वावुनानीहरुलाई मिल्ने योजनाहरु निर्माण गरिराख्नुभएको सम्पूर्ण शिक्षक–शिक्षिका र विद्यालय परिवारलाई धन्यवाद दिनुुभयो ।
विद्यालयका सह–प्राचार्य र कार्यक्रमको संयोजक लजिता शर्मा साथै सह–प्राचार्य रमेश मणि सुवेदीले यो कार्यक्रमलाई सिकाइको रुपमा शिक्षक साथीहरुलाई संयोजन गर्नु भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)