Logo बिहिवार, आश्विन १ गते २०८३
images

लगातार उत्कृष्ट नतिजा ल्याउँदै जे एन कोरियन ईन्स्टिच्युट

लगातार उत्कृष्ट नतिजा ल्याउँदै जे एन कोरियन ईन्स्टिच्युट

  • 1.3K
    SHARES

  • लगातार उत्कृष्ट नतिजा ल्याउँदै जे एन कोरियन ईन्स्टिच्युट

    बुटवल, भदौ २५ ।

    बुटवल ट्राफिकचोक स्थित जे एन सरको कोरियन भाषा ईन्स्टिच्युटले उत्कृष्ट नतिजा निकालेको छ ।आज एक समाराेहका बिच नयाँलाई  स्वागत तथा उत्तीर्ण विद्यार्थीलाई विदाई गरेको छ । कोरियन ईपिए भाषाको हालै प्रकाशित नतिजा अनुसार उत्तीर्ण बिद्यार्थीहरुलाइ बिदाइ तथा नया विद्यार्थीहरुलाई स्वागत गरिएको हो।

    २०२२ मा कृषि तथा उत्पादन मुलक क्षेत्रको परिक्षमा उत्तीर्ण भएकालाई बिदाइ गरिएको हो भने नया अध्य्यनको लागि आएका बिद्यार्थीहरुलाई स्वागत गरिएको प्रीन्सिपल जगन्नाथ न्यौपाने (जेएन सर)ले नागरिक अनलाइनलाई जानकारी दिए।

     होष्टेलमा बसेर अध्यन गरेका बिद्यार्थीहरु मध्य सतप्रतिशत उत्तीर्ण गरेको बताउदै उनले उत्पादन क्षेत्रमा ९१.९१प्रतिशत  र कृषि ९३.८६ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएको जानकारी दिए।

    कृषि क्षेत्रमा अध्ययन गरेका ४९ मध्ये ४६ जना उत्तीर्ण भएको बाताए। उनले उत्पादन क्षेत्रमा सहभागी १९८ मध्य १८२ जना उत्तीर्ण रहेको बताए। उनले ईन्स्टिच्युटले होस्टल सञ्चालन गरेको बताउदै २१ जना होस्टलमा बसेका मध्य २१ जना नै उत्तीर्ण भएको जानकारी दिए।

    कार्यक्रममा ईन्स्टिच्युटका सञ्चालक अर्जुन बिश्वकर्माले बिद्यार्थीकै परिश्रमककै कारणले गर्व महसुस गराएको बताए। उनले ईन्स्टिच्युटले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउदै गरेको दाबी गरे।

    उनले न्युनतम लगानीमा होस्टलको सुबिधा प्रदान गरेको बताउदै ४ हजार मासिकमा एक जना बिद्यार्थी राखेर अध्यापन गराईरहेको बताए।  कार्यक्रममा सहायक प्रशिक्षक शालिकराम अधिकारी , ब्यवस्थापक सुरेश पन्थी, शिक्षक खिमानन्द खनाल, कृष्ण पाण्डे लगायतले बोलेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology