Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

ग्याँस विक्रेता संघ रुपन्देहीमा पदस्थापन

ग्याँस विक्रेता संघ रुपन्देहीमा पदस्थापन

  • 1.3K
    SHARES

  • ग्याँस विक्रेता संघ रुपन्देहीमा पदस्थापन

    बुटवल,भदाै २४ ।

    ग्याँस विक्रेता संघ रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बुधबार बुटवलमा एक समारोहका बिच भदौ ४ गते निर्बाचित नयां नेतृत्वलाइ पदस्थापन गराइएको हो ।

    दशौं बार्षिक साधारण सभा तथा पाँचौ अधिवेसनले अध्यक्ष प्रदिप प्रसाद पन्तको नेतृत्वमा नया समिति निर्वाचित गरेको थियो । सो अबसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रविधिको विकाससंगै व्यवसायीहरु समेत समयअनुकल रुपमा परिर्वतन हुन आवश्यक  भएको बताए । उनले पछिल्लो समयमा विद्युतीय चुलो, ईन्डक्सन चुलोको प्रयोग विस्तारै बढ्दै गएको र यसलाइ थप ब्यबस्थित गर्नुपर्ने बताए । ब्यबसायीलाइ  कार्ययोजना निर्माण गरी  अगाडी बढ्नको लागि सुझाव दिए ।

    सो अबसरमा बोल्दै अध्यक्ष पन्तले रुपन्देही ग्याँस विक्रेता संघले संस्थाको भवन निर्माणको लागि जग्गा उपलब्ध गराए भवन बनाउने योजना रहेको बताए । सो अबसरमा बोल्ने अधिकांस व्यवसायीहरुले ग्यास विक्रिको कमिसन ४८ रुपैयाँ कायम गरिएको भन्दै जसबाट व्यवसायी नै धान्न मुस्कील  परेको बताए । उनीहरुले समय अनुकुल ग्यास विक्रीबाट आउने कमिसन वृद्धिको लागि सरकार संग माग समेत गरेका थिए ।

    सो अबसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजू,रुपन्देही ब्यापार संघका महासचिब दयानिधि भण्डारी,संस्थापक जिल्ला अध्यक्ष तथा पुर्व केन्द्रीय उपाध्यक्ष सहदेव श्रेष्ठ, ब्यबसायी भेषराज गैरे लगायतले बोलेका थिए । कार्यक्रममा निर्वाचित सबैलाइ प्रमाणपत्र ,माला र खादाले सम्मान गरिएको थियो ।रुपन्देहीमा ६८० ग्याँस ब्यवसायी छन् । 

    team gas.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology