Logo बिहिवार, आश्विन १ गते २०८३
images

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

  • 1.4K
    SHARES

  • कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

    बुटवल,भदौ १७ ।

    राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गर्ने व्यवस्था छ ।

    बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले मंगलबारदेखि नै नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि रुजु गर्न समय लागेको थियो ।

    आज ५ बजेपछि नतिजा सार्वजनिक हुने सम्भावना रहेको अर्यालले बताए । परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology