Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी सरकारद्वारा १२ जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान

लुम्बिनी सरकारद्वारा १२ जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान

  • 2.1K
    SHARES

  • लुम्बिनी सरकारद्वारा १२  जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान

    बुटवल,साउन १९ ।

    लुम्बिनी प्रदेश सरकारले ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाईकल प्रदान गरेको छ ।

    विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तिरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे । प्रदेशका १२ वटै जिल्लामा मोटरसाइकलहरु आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाईकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए । मोटरसाईकल हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाईकल उपलब्ध गराएको बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology