Logo बिहिवार, आश्विन १ गते २०८३
images

लोकप्रिय मत ३९ लाख ५६ हजार १ सय ९३ सहित कांग्रेस पहिलो,निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

लोकप्रिय मत ३९ लाख ५६ हजार १ सय ९३ सहित कांग्रेस पहिलो,निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

  • 1.8K
    SHARES

  • लोकप्रिय मत  ३९ लाख ५६ हजार १ सय ९३ सहित कांग्रेस पहिलो,निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

    बुटवल,साउन ११ ।

    गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा नेपाली कांग्रेस पहिलो भएको तथ्यांक निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
    आयोगले निर्वाचनका सम्बन्धमा जानकारी दिन मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । वडाध्यक्षतर्फ नेपाली कांग्रेसले ३९ लाख ५६ हजार १ सय ९३ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ । दोस्रो स्थानमा रहेको एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।

    यसैगरी १५ लाख ३ हजार २४७ मत पाएर माओवादी तेस्रो, ५ लाख ७७ हजार ३ सय ८० मत पाएर जनता समाजवादी पार्टी चौथो, ४ लाख २२ हजार ७ सय ३७ मत पाएर एकीकृत समाजवादी पाँचौं, ३ लाख ६४ हजार १ सय ६० मत पाएर राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौं र २ लाख ४४ हजार ८ सय ८२ मत पाएर लोकतान्त्रिक समाजवादी पार्टी सातौं भएको आयोगले जनाएको छ । यसअघि एमालेले लोकप्रिय मतमा आफूहरू पहिलो भएको दाबी गर्दै आएको थियो ।

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरणबारे जानकारी दिएका हुन् ।

    ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित :

    निर्वाचनमा ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २१ देखि ४० वर्ष उमेर समूहका युवा १४ हजार ४४२ अर्थात् ४१ दशमलव १४ प्रतिशत युवा निर्वाचित भएका छन् । प्रमुखमा ३७, उपप्रमुखमा ९५, अध्यक्षमा १०६, उपाध्यक्षमा दुई सय ३४ युवा निर्वाचित भएका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology