Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पाबाट बुटवल आउँदै गरेको मोटरसाइकल तिनाउ नदीमा खस्यो ,२ जनाको जिवितै उद्धार !

पाल्पाबाट बुटवल आउँदै गरेको मोटरसाइकल तिनाउ नदीमा खस्यो ,२ जनाको जिवितै उद्धार !

  • 6.1K
    SHARES

  • पाल्पाबाट बुटवल आउँदै गरेको मोटरसाइकल तिनाउ नदीमा खस्यो ,२ जनाको जिवितै उद्धार !

    बुटवल,कार्तिक १५ -

    बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा भीर नजिकबाट तिनाउ नदीमा मोटरसाइकल खस्दा २ जना घाइते भएका छन् ।

    पाल्पाबाट बुटवल आउँदै गरेको लु ९ प ७१५६ नम्बरको मोटरसाइकल सडकबाट तिनाउ नदीमा खसेको हो ।

    शनिवार साँझ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र नजिक स्थानीय बिष्णु पाण्डेले नागरिक अनलाइनलाइ जानकारी दिए । 

    मोटरसाइकल चालक पाल्पाको बगनासकाली गाउँपालिका–३ का २९ वर्षीय रुक बहादुर हिस्ती मगर र पछाडी सवार तिनाउ गाउँपालिका–६ का १९ वर्षीय दान बहादुर लम्तरी घाइते भएका छन् ।

    घाइते दुबै जनाको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology