Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना

गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना

  • 7.2K
    SHARES

  • गुल्मीबाट बुटवल आउँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना

    बुटवल साउन ८।

    पाल्पाको लघुवामा घुम्टीमा बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस रिडी–तानसेन सडकखण्डको लघुवामा दुर्घटना भएको हो ।  लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको हो ।

    दुर्घटनाबाट बसमा सवार ६ जना घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

    बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।घाइतेहरुलाई थप उपचारका लागि पाल्पाको प्रभास मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ । 

    थप बिवरण आउन बांकी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology