Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

२४ घण्टायता कहाँ कति भेटिए कोरोना संक्रमित ?

२४ घण्टायता कहाँ कति भेटिए कोरोना संक्रमित ?

  • 2.5K
    SHARES

  • २४ घण्टायता कहाँ कति भेटिए कोरोना संक्रमित ?

    बुटवल,कार्तिक १५ -

    नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ।

    गत २४ घण्टामा मात्र २ हजार ५ सय ८ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज भेटिएकामध्ये ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुष छन्। 

    प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १३, झापामा ७६, धनकुटामा १, पाँचथरमा १, भोजपुरमा ३, मोरङमा १ सय ३८, संखुवासभामा ३, सोलुखुम्बुमा १ र सुनसरीमा ७६ जनामा कोरोना भेटिएको छ।

    प्रदेश २ को धनुषामा १८, पर्सामा ५, बारामा २१, महोत्तरीमा ५, रौतहटमा २७, सप्तरीमा २०, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ। 

    बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय १३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ७४, चितवनमा १ सय ९, दोलखामा २२, धादिङमा ८, नुवाकोटमा ३९, भक्तपुरमा ४९, मकवानपुरमा ५, रसुवामा ११, रामेछापमा ३, ललितपुरमा १ सय ९५, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १ सय ९, गोरखामा ७, तनहुँमा २७, नवलपरासी पूर्वमा १०, पर्वतमा २, लमजुङमा ३, बागलुङमा १६ र स्याङजामा ७ जनामा कोरोना भेटिएको छ। 

    कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुका ११, गुल्मीका ३, दाङका ४६, नवलपरासीका १६, पाल्पाका १, प्युठानका ३, बर्दियाका १७, बाँकेका ३५ र रुपन्देहीका ७५ जना छन्। 

    यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, डोल्पामा १, दैलेखमा ९, सल्यानमा १ र सुर्खेतमा ३ जनामा कोरोना भेटिएको छ। 

    सुदूरपश्चिम प्रदेशको अछाममा ६, कञ्चनपुरमा २, डडेल्धुरामा ३, डोटीमा ३, दार्चुलामा ५ र बझाङमा १४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

    नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९३७ पुग्यो

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology