Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पार्टीलाई कम क्षति हुनेगरी चुनावी गठबन्धन गर्नुपर्छ : डा. शेखर कोइराला

पार्टीलाई कम क्षति हुनेगरी चुनावी गठबन्धन गर्नुपर्छ : डा. शेखर कोइराला

  • 1.7K
    SHARES

  • पार्टीलाई कम क्षति हुनेगरी चुनावी गठबन्धन गर्नुपर्छ : डा. शेखर कोइराला

    भरतपुर,असार ३० ।

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो पार्टीलाई कमभन्दा कम क्षति हुनेगरी प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा गठबन्धन गर्नुपर्ने बताउनुभएको छ। शनिबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता कोइरालाले यस्तो बताउनुभएको हो। 

    यो विषयमा केन्द्रीय समितिमा व्यापक छलफल भइरहेको र त्यसले आवश्यक निर्णय लिने उहाँको भनाइ छ। नेता कोइरालाले भन्नुभयो, ‘गठबन्धनबारे केन्द्रीय समिति बैठकमा व्यापक छलफल भइरहेको छ। तर, गठबन्धन गर्दा नेपाली कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ।’’

    नेता कोइरालाले पार्टीको विधान अनुसार अझै केन्द्रीय कोषाध्यक्ष समेत चयन गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले पार्टीलाई विधि र विधानमा हिँडाउन नेतृत्वलाई सचेत गराउने काम आफूहरुले गरिरहने बताउनुभयो।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology