Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उपमहानगरमा २५ जना कोरोना संक्रमित थपिए,५५ वर्षीय पुरुषको मृत्यु

बुटवल उपमहानगरमा २५ जना कोरोना संक्रमित थपिए,५५ वर्षीय पुरुषको मृत्यु

  • 3.8K
    SHARES

  • बुटवल उपमहानगरमा २५ जना कोरोना संक्रमित थपिए,५५ वर्षीय पुरुषको मृत्यु

    बुटवल,कार्तिक १४-

    रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो ।

    कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पुष्टि गरे ।संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिए ।

    यसैविच बुटवल उपमहानगरमा शुक्रबार २५ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार वडा नम्बर ११ मा ६ जना, ४ मा ५ तथा १२ नम्बर वडामा ४ जना नयाँ संक्रमित थपिएका छन् भने वडा नम्बर ८ मा २ जना थपिएका छन् ।

    वडा नम्बर ६, १७ र वडा नखुलेको गरी एकरएक जना नयाँ संक्रमित थपिएको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरमा संक्रिय संक्रमितको संख्या ७९७ पुगेको छ भने हालसम्म संक्रमितको संख्या २६०८ तथा निको हुनेको संख्या १८११ जना पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology