Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस नेता डा. शेखर कोइरालाले बोलाए आफू पक्षीय केन्द्रिय नेताको बैठक

कांग्रेस नेता डा. शेखर कोइरालाले बोलाए आफू पक्षीय केन्द्रिय नेताको बैठक

  • 1.7K
    SHARES

  • कांग्रेस नेता डा. शेखर कोइरालाले बोलाए आफू पक्षीय केन्द्रिय नेताको बैठक

    बुटवल,असार १६ ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

    पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकता साथ उठाउने तयारी गरेका कोइरालाले आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएको उनी निकट नेता डा.चन्द्र भण्डारीले जानकारी दिए ।  ‘म अहिले पोखरामा छु, दिउँसो २ बजेको बैठक छ,बैठकमा जानेछु ।’

    महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ । कांग्रेसको पछिल्लो १४ औं महाधिवेशन गत मंसिरमा सम्पन्न भएको थियो । सभापति देउवाले पार्टीको कोषाध्यक्ष पनि मनोनित गर्न सकेका छैनन् ।

    भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै कोइराला पक्षले सभापति देउवाको आलोचना गर्दै आएको छ । आजको बैठकमा ती विषयसहित समसामयिक राजनीति र आर्थिक परिस्थितिबारे छलफल गर्ने कोइराला पक्षका नेताहरुको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology