बुटवल,कार्तिक १३-
संचारकर्मी रवि लामिछाने कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् ।
उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् ।
रविले फेसबुकमा लेखेका छन्, ‘गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)