Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गुल्मीमा जुवाको खालबाट समातिएकाहरुलाई नेकपाका नेताले छुटाए  

गुल्मीमा जुवाको खालबाट समातिएकाहरुलाई नेकपाका नेताले छुटाए  

  • 3.1K
    SHARES

  • गुल्मीमा जुवाको खालबाट समातिएकाहरुलाई नेकपाका नेताले छुटाए  

    बुटवल,कार्तिक १२ -

    गुल्मीमा जुवाको खालबाट पक्राउ परेका वडाध्यक्ष सहित १२ जना प्रहरी हिरासतबाट छुटेका छन् । ७० हजार भन्दा धेरै रकमसहित पक्राउ परेकाहरु अधिकाँस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता भएकोले पार्टीका नेताले छुटाएका हुन् । 

    सोमबार राती रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष मोहन पाण्डे सहित १२ जना होटल एभरग्रीनमा जुवाको खालबाट पक्राउ परेका हुन् । 
    स्रोतका अनुसार नेकपा प्रदेश समिति सदस्य बुद्धि जिसीले प्रदेश प्रहरी कार्यालय मार्फत दवाव दिएर उनीहरुलाई छुटाएका हुन् । 

    दँशैको बेला एकजनाको जन्मदिन मनाएर रमाइलो गरेकाहरुलाई गलत सुराकको आधारमा पक्राउ गरिएको भन्दै नेता जिसीले प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई छाड्न भनेका थिए ।

    तर प्रहरीले भने जिल्ला अदालत खुलेपछि मुद्धा चलाउने सर्तमा आफन्तको जिम्मा लगाएको बताएको छ ।

    गुल्मीको रेसुङ्गामा जुवाको खालबाट वडाध्यक्ष सहित १२ जुवाडे पक्राउ

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology