Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही र पाल्पामा थप ३ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही र पाल्पामा थप ३ जना कोरोना संक्रमितको मृत्यु

  • 2.4K
    SHARES

  • रुपन्देही र पाल्पामा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    बुटवल,कार्तिक १२ -

    रुपन्देही र पाल्पाका थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ की ७१ वर्षीया महिलाको बुधबार बिहान साढे ११ बजे र पाल्पाको तानसेन नगरपालिका २ का ६० वर्षीय पुरुषको मंगलबार राति १० बजे मृत्यु भएको हो ।

    ७१ वर्षीया महिला असोज ६ गते कोरोना संक्रमण पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालको भर्ना भएकी थिइन् ।

    आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए ।महिला क्यान्सरको दीर्घ रोगी थिइन् ।तानसेनका पुरुष भने ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि यही कात्तिक ११ मंगलबार लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका थिए ।उनको पनि उपचारकै क्रममा मंगलबार राति नै मृत्यु भएको थियो । उनको बुधबार मात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पतालको आईसीयूमा भर्ना भएकामा उपचारका क्रममो मृत्यु भएको अस्पतालका प्रवक्ता डा.नारायण पोखरेलले पुष्टि गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology