Logo बिहिवार, श्रावण १४ गते २०८३
images

लुम्बिनीकी स्वास्थ राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा,महिलामाथि हातपात गरेको आरोप

लुम्बिनीकी स्वास्थ राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा,महिलामाथि हातपात गरेको आरोप

  • 2.3K
    SHARES

  • लुम्बिनीकी स्वास्थ राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा,महिलामाथि हातपात गरेको आरोप

    दाङ,जेठ ३१ ।

    प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

    तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हाे ।  एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।

    बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ‘एक घरमा गएर महिलालाई हातपात गरेपछि उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं,’ प्रहरी निरीक्षक स्वारले भने, ‘घटनाबारे बुझिरहेका छौं ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology