बुटवल ,कार्तिक ९ ।
वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग सदस्य एवम् प्रवत्ता डा. गंगाधर अधिकारीले संक्रमणकालीन न्याय निरुपणका लागि पिडित, सरोकारवाला, सरकार, राजनितिक दल र सबै पक्षको साझेदारी आवश्यकता औंल्याउनु भएको छ ।
आयोगको छानबिन तथा अनुसन्धानको लागि पाँचजना आयुक्त र सिमित कर्मचारीबाट मात्र सम्भव नहुने बताउदै अधिकारीले पीडितमैत्री न्याय प्रदान गर्न सबैको सहयोगको अपेक्षा गर्नुभयाे ।
उहाँले आगोग पीडितका लागि हो, पीडितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ त्यसको लागि तपाईंहरुको साथ, सहयोग र सद्भावको जरुरी छ भन्नु भयो । समयमै ऎन संसोधन नहुनु र कोभिड १९ का कारण अपेक्षाकृत परिणाममुखी काम गर्न नसकिएको स्वीकार्दै अब बांकी अवधिमा आयोगले तीव्रताका साथ काम गर्ने बताउनु भयो ।
पिडितमैत्री निष्कर्ष सहितको संक्रमणकालिन न्यायको तार्किक निष्कर्ष प्रक्रियाका सन्दर्भमा नवलपरासी बर्दघाट सुस्ता पश्चिम मा भएको छलफल कार्यक्रममा आयोगका प्रवक्ता डा.गंगाधर अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर प्रसाद राय, प्रजिअ सागरमणि पाठक, जिल्ला प्रहरी प्रमुख अजय केसी, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनाल, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनी, अधिकारकर्मीहरु राजेन्द्र पौडेल र मोहन बिश्वकर्मा, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्तिथिमा सरोकारवालाहरुले पीडितलाई न्याय दिन ढिला गर्न नहुने र आयोगका तर्फबाट डा. अधिकारीले सहकार्य गर्न तयार रहेको बताएका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)