Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा विकास,सुशासन र समावेशी पत्रकारिता तालिम सम्पन्न 

बुटवलमा विकास,सुशासन र समावेशी पत्रकारिता तालिम सम्पन्न 

  • 1.5K
    SHARES

  • बुटवलमा विकास,सुशासन र समावेशी पत्रकारिता तालिम सम्पन्न 

    बुटवल,जेठ २६ ।

    बुटवलमा विकास, सुशासन र समावेशी पत्रकारिता विषयक दुई दिने  तालिम सम्पन्न भएको छ । पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि सञ्चारिका समुह लुम्बिनीले दुई दिने तालिम  गरेको हो।

    कार्यक्रममा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कोमल प्रसाद धमलाले विचौलियाबाट मुलुकलाई जोगाउने खालका समाचार बाहिर ल्याउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा  बुटवल टुडेका प्रबन्ध निर्देशक नवराज कुवरले सरकारका तिनै तहलाई  विकासका कुरालाई प्रविधि संग जाडेर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा सञ्चारिका समुहको पुर्व अध्यक्ष निर्मला शर्माले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम अमृता अनमोलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    यसैबिच तालिममा सहभागिलाइ लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित भेटघाट तथा संक्षिप्त अन्तर्क्रिया कार्यक्रममा सहभागि बनाइएको थियो ।

    बुटवलमा विकास, सुशासन र समावेशी पत्रकारिता तालिम संचालन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology