बुटवल,जेठ २६ ।
बुटवलमा विकास, सुशासन र समावेशी पत्रकारिता विषयक तालिम शुरु भएको छ ।पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि दुई दिने तालिम सुरू भएको हो।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा भएको कार्यक्रम सञ्चारिका समूह लुम्बिनी प्रदेशले समन्वय गरेको हो ।
५२ जना सहभागी रहेको तालिममा युवराज कंडेलले विकास र सुशासन विषयक कार्यपत्र प्रस्तुत गरे । उनले विकासका लागि माग प्रष्ट हुनुपर्ने धारणा राख्दै बेथितिका कारण पनि विकासमा समस्या परेको बताए । उनले विकासका लागि दीर्घकालीन सोँच राख्नुपर्ने उल्लेख गरे ।
पत्रकारिता क्षेत्रमा समस्या मात्रै नभई सम्भावना र अवसरहरू प्रसस्त भएको बताए । तािलममा सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।
यसैबिच तालिममा सहभागिलाइ लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित भेटघाट तथा संक्षिप्त अन्तर्क्रिया कार्यक्रममा सहभागि बनाइएको थियो ।
सो अबसरमा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीलाइ संचारको हब बनाउन यसप्रकारका तालिम फलदायी हुने बताए । समाजमा समानुपातिक समानताको हकलाइ उजागर गर्न महत्वपूर्ण शुरुवात गरिएको उनको भनाइ छ ।
लाेकतन्त्रमा मिडिया शशक्त बन्नुपर्ने र समाज रुपान्तरणमा लाग्न उनको आग्रह छ । देशका हरेक परिवर्तनमा सञ्चारक्षेत्रको अहम भूमिका रहेको बताए । कार्यक्रममा संचारमन्त्री तिलकराम शर्माले सकारात्मक समाचारले समाज सकारात्मक बाटोमा अघि बढ्ने बताए ।
सहभागीहरुले तालिम प्रयोगात्मक र प्रभावकारी भएको बताउँदै आगामी दिनमा पनि यसैगरी प्रशिक्षणात्मक कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)