बुटवल, जेठ १९ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहमा पीसपार्क रमाईलो मेला सुरु भएको छ । २९ गतेसम्म चल्ने मेलाको विहिवार बुटवल उपमहानगरपालिकाका नव निर्वाचित प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै मेयर पाण्डेले स्थानीय स्तरमा आयोजना हुने मेला महत्वले स्थानीय बस्तु प्रर्वद्धनमा विशेष भुमिका खेल्नुपर्ने भन्दै सहकार्यको लागि नगरपालिका तयाररहेको बताए । जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुटवल–१२ ढबाहामा पीस पार्कमा रमाइलो मेला सुरुवात भएको हो ।
पीस पार्क क्षेत्रको प्रचारप्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको क्लवका प्रालिका प्रवन्ध निर्देशक राजवीर जैसवालले बताए । कार्यक्रममा मनकामना युवा क्लवका सल्लाहकार मधु पुलामीले ढबाहामा पहिलोपटक आयोजित मेलाले त्यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए । क्लवका अध्यक्ष दीपक पुनले मेला सफल बनाउन सबैको सहयोग रहनुपर्ने बताए ।
मेला सम्पन्न गर्न ४० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । मेलामा ८० भन्दा बढी स्टलहरू छन् । डेढ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकको दाबि छ ।
मेलाको सहयोगीमा बुटवल उपमहानगरपालिका, मनकामना युवा क्लव,बुटवल वडा न १२ कार्यालय,ग्लोवल पीस पार्क रहेका छन् । ७० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)