Logo शनिवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल १२ ढवाहामा भाेलिदेखि रमाइलो मेला सञ्चालन हुँदै

बुटवल १२ ढवाहामा भाेलिदेखि रमाइलो मेला सञ्चालन हुँदै

  • 3.8K
    SHARES

  • बुटवल १२ ढवाहामा भाेलिदेखि रमाइलो मेला सञ्चालन हुँदै

    बुटवल,जेठ १९ ।

    बुटवलमा बिहीवारदेखि रमाइलो मेला सञ्चालन हुने हुदैछ ।मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएका छन् । मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ । २९ गतेसम्म चल्ने मेलामा ७० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ ।

    जय माता दि एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुटवल–१२ ढबाहामा पीस पार्कमा रमाइलो मेला गर्न लागेको हो । पीस पार्क क्षेत्रको प्रचारप्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा क्लवका प्रालिका प्रवन्ध निर्देशक राजवीर जैसवालले बताउनुभयो ।

    सो अवसरमा मनकामना युवा क्लवका सल्लाहकार मधु पुलामीले ढबाहामा पहिलोपटक आयोजित मेलाले त्यस क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।कार्यक्रममा क्लवका अध्यक्ष दीपक पुन,सल्लाहकार ढुण्डीराज खनाल,किरण खनाल लगायतले बोल्दै पहिलोपटक हुन लागेको मेला सफल बनाउन सबैको सहयोग रहने बताउनुभयो ।

    मेला सम्पन्न गर्न ४० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । मेलामा ८० भन्दा बढी स्टलहरू रहनेछन् । डेढ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकको दाबि छ ।  मेलाको सहयोगीमा बुटवल उपमहानगरपालिका, मनकामना युवा क्लव,बुटवल वडा न १२ कार्यालय,ग्लोवल पीस पार्क रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology