Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङमा छोराले गरे घरको छतवाट धकेलेर आफ्नै बाबुकाे हत्या !

दाङमा छोराले गरे घरको छतवाट धकेलेर आफ्नै बाबुकाे हत्या !

  • 3.1K
    SHARES

  • दाङमा छोराले गरे घरको छतवाट धकेलेर आफ्नै बाबुकाे हत्या !

    दाङ, कात्तिक ८ ।

    दाङमा एक छोराले आफ्नै बाबुलाई घरको छतवाट फालेर हत्या गरेका छन् ।

    जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकले आफ्नै ४५ बर्षीय बाबु बालाराम बिकलाई घरको छतवाट फालेर हत्या गरेका छन् ।  छतवाट फालेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार घटना गएराति पौने १२  बजेतिर घटेको हो ।

    ‘सामान्य घरायसी विवादपछि छोराले बाबुलाई कुटपिट गरि घरको छतवाट फालेर हत्या गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी खड्काले भने ‘बाबुलाई घरको छतवाट फालेर हत्या गर्ने छोरालाई प्रहरीले विहानै पक्राउ गरि सकेको छ।’

    घटना बारे प्रहरीलाई शनिवार विहान २ बजे मात्रै खवर आएको र प्रहरी घटनास्थल पुगेको डिएसी खड्काले बताए । घटनावारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी खड्काले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology