Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाँच बर्ष तिलाेत्तमा सम्हाल्ने जिम्मा पाएका यी हुन् निर्वाचित जनप्रतिनिधि (सूचीसहित)

पाँच बर्ष तिलाेत्तमा सम्हाल्ने जिम्मा पाएका यी हुन् निर्वाचित जनप्रतिनिधि (सूचीसहित)

  • 2.8K
    SHARES

  • पाँच बर्ष तिलाेत्तमा सम्हाल्ने जिम्मा पाएका यी हुन् निर्वाचित जनप्रतिनिधि (सूचीसहित)

    बुटवल,जेठ १३ ।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी हुनुभएको छ । उहांले ७६५ मतले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गर्नुभयो ।

    खांणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्दी एमाले उम्मेदवार चापागाइँले २३ हजार ६३१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार ८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमन्त पाण्डेले ११ हजार ५४६ मत प्राप्त गर्नुभयो ।
    तिलोत्तमा नगरपालिकामा ९ वटा वडाको अध्यक्षमा काँग्रेस र ८ वडाको अध्यक्षमा एमालेले जितेको छ । यहां १७ वटा वडा रहेका छन् ।

    प्रमुख रामकृष्ण खाँण (कांग्रेस)

    उपप्रमुख जगेश्वरीदेवी चाैधरी (एमाले)

    यी हुन् निर्वाचित वडाध्यक्षहरु 

    वडा न १ फर्सुराम गिरी  एमाले
    २ डिल बहादुर भट्टराई कांग्रेस 
    ३ कल्याण पौडेल कांग्रेस  
    ४ हरि बहादुर क्षेत्री  एमाले
    ५ रमेश डुम्रे कांग्रेस 
    ६ गणेश पाठक कांग्रेस 
    ७ देवी पंगेनी  एमाले
    ८ कृष्ण पौडेल  एमाले
    ९ ध्रुर्व न्यौपाने कांग्रेस  
    १० गोपाल घिमिरे एमाले 
    ११ बिष्णु बहादुर बराल एमाले
    १२ सहदेव थारु  एमाले                                                  
    १३ नारायण ढकाल कांग्रेस  
    १४ असविन पौडेल कांग्रेस 
    १५ खेमराज गुरुङ  एमाले
    १६ झविलाल भुसाल कांग्रेस 
    १७ दान बहादुर चौधरी कांग्रेस 

    यी पनि हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology