Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शासक होइन,जनसेवक भएर काम गर्छु : तिलाेत्तमा नगरप्रमुख रामकृष्ण खांण

शासक होइन,जनसेवक भएर काम गर्छु : तिलाेत्तमा नगरप्रमुख रामकृष्ण खांण

  • 2.9K
    SHARES

  • शासक होइन,जनसेवक भएर काम गर्छु  :  तिलाेत्तमा नगरप्रमुख रामकृष्ण खांण

    बुटवल, जेठ १२ । 

    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

    मतपरिणाम सार्वजनिक भए लगत्तै पत्रकारहरुसंग कुराकानी गर्दै उनले आफ्ना एजेण्डालाइ मतदाताले सदर गरेकोमा धन्यबाद समेत दिए । उनले भने –हामीले अब सबैलाइ मिलाएर सबैसंग मिलेर काम गर्छाैं,तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ,यो पुरा गर्छु ।

    ‘मलाइ आफ्नो मत दिएर जिताउनुहुने सबैप्रति कृतज्ञ छु ,मेरो अभियानमा साथ दिने सबैलाइ एकमुष्ट धन्यबाद दिन चाहन्छु ।’उनले भने । शासकको रुपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउने बताए ।  

    तिलोत्तमा नगरपालिकाको प्रमुखमा कांग्रेसका रामकृष्ण खाँण बिजयी

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology