Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हारपछि नैतीक जिम्मेवारी लिँदै एमाले कञ्चन-३ का इन्चार्ज ढकालले दिए राजीनामा

हारपछि नैतीक जिम्मेवारी लिँदै एमाले कञ्चन-३ का इन्चार्ज ढकालले दिए राजीनामा

  • 2.5K
    SHARES

  • हारपछि नैतीक जिम्मेवारी  लिँदै एमाले कञ्चन-३ का इन्चार्ज ढकालले दिए राजीनामा

    कञ्चन ५ ,जेठ ।

    रुपन्देहीको कञ्चनमा आफ्नो पार्टीले हार व्यहोरेको त्यसको नैतिक जिम्मेवारी आफुले लिदै पार्टीको संगठित सदस्य बाहेक सम्पुर्ण जिम्मेवारीबाट एमाले कञ्चन ३ का वडा इन्चार्ज दुर्गा प्रसाद ढकालले राजिनामा दिएका छन।

    आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी इन्चार्ज ढकालले पार्टीले दिएको जिम्मेवारी बहन गर्दै पार्टीलाई कन्चन ३ मा पार्टी र पार्टीका उमेद्वारहरुलाई जित दिलाउनको निमित्त मैले मेरो ब्याक्तिगत तर्फबाट र वडा कमिटीलाई परिचालन गर्न आफ्नो शत प्रतिशत भुमिका निर्वाह रहेको बताए ।

    उनले उक्त भुमिकालाई वडावासीबाट मुल्यांकन हुने बिश्वास सहित आफुले पार्टीले दिएको जिम्मेवारीलाई सफलतामा परिणत गर्न नसकेको यस अवस्थामा नैतिकताको आधारमा यस जिम्मेवारीमा रहिरहन मलाई अत्यन्तै पिडा बोध भइरहेको अवस्थालाई मनन गर्दै ढकालले पार्टीको संगठित सदस्य बाहेकका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिदै अलग रहेको जानकारी गरएका छन्।

    नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका वडा इचार्ज ढकालले फेसबुक स्टाटसमा मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology