Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा ५ हजार १३ मतान्तरसहित मेयरमा कांग्रेसका खेलराजको अग्रता

बुटवलमा ५ हजार १३ मतान्तरसहित मेयरमा कांग्रेसका खेलराजको अग्रता

  • 3.0K
    SHARES

  • बुटवलमा ५ हजार १३ मतान्तरसहित मेयरमा कांग्रेसका खेलराजको अग्रता

    बुटवल,जेठ ४ ।

    रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा नेपाली कांग्रेसले फराकिलो मतान्तर बनाएको छ ।  स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलमा मेयर पदका उम्मेद्वार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढ्नुभएको छ ।
    बुटवल उपमहानगरपालिकामा २७ हजार ५५७ मतगणना भैसकको छ ।  नेपाली काँग्रेसका खेलराज पाण्डेयले १५ हजार ५८९ र नेकपा एमालेका बाबुराम भट्टराई १० हजार ५७६ पाउनुभएको छ । कांग्रेस एमालेको मतान्तर ५ हजार १३ पुगेको छ ।
    यस्तै राप्रपा मृगे्रन्द्र शेरचन २ हजार ६४० मत पाउनुभएको छ ।

    उप प्रमुखमा नेकपा एमाले सावित्रा अर्याल ११ हजार ७२५,नेकपा एस चिन बहादुर गुरुङ ८हजार ६४१ मत रहेको छ । मतान्तर ३ हजार ८४ रहेको छ । यहाँ १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरि २ मा समाजबादी,३ मा माओबादी केन्द्र,४,५,६,७,१५,१६ र १७ मा कांग्रेसले जितेको छ ।
    वडा न १ मा नरेन्द्र बस्नेत,२ मा सुनिल शाक्य, ३ मा बिष्णु ढकाल,४ मा नरिश्वर शर्मा,५ मा हरि श्रेष्ठ साथै १९ मा चन्द्रसिंह थापा,१८ मा गुरु पंगेनी,१७ मा ज्ञानबहादुर रेश्मी र १६ मा कृष्णप्रसाद पौडेल बिजयी हुनुभएको छ । अहिले वडा न ६ मा लोकनाथ न्यौपाने,७ मा पदम गाहा,र १५ मा शिब रानाले जित्नुभएको छ ।


    १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १,२,३,४,५,६,७ त्यस्तै १५,१६,१७,१८र १९ को नतिजा आइसकेको छ ।२ वटा बडाहरु बाहेक सबै गठबन्धनले जितेको हो । अहिले वडा न १४ र ८ को मतगणना जारी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology