Logo बिहिवार, आश्विन १ गते २०८३
images

१९६ पालिकामा जितेर नेपाली कांग्रेस पहिलाे स्थानमा

१९६ पालिकामा जितेर नेपाली कांग्रेस पहिलाे स्थानमा

  • 2.4K
    SHARES

  • १९६ पालिकामा जितेर नेपाली कांग्रेस पहिलाे स्थानमा

    बुटवल,जेठ ४ ।

    नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।

    स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ । नेकपा एमालेले २९ नगर र ९१ गाउँपालिकामा जित हासिल गरेको छ । एमाले ४५ नगरपालिका र ३० गाउँपालिकामा अग्रस्थानमा छ । एमाले ३३ उपप्रमुख र ८९ उपाध्यक्षमा विजयी भएको छ । 

    नेकपा ९माओवादी केन्द्र० ११ नगरपालिका र ७४ गाउँपालिका गरी ८५ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र १३ नगरपालिका र १४ गाउँपालिकामा अग्रस्थानमा छ । हालसम्म माओवादीले १६ उपप्रमुख र ७७ उपाध्यक्ष जितेको छ । नेकपा एकीकृत समाजवादीले दुई नगर पालिकामा जित हासिल गरेको छ ।

    आठ स्थानमा समाजवादी अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ । जनता समाजवादी पार्टी नेपालले पाँच गाउँपालिकाको अध्यक्षमा विजयी भएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology