Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमाले मेयरका उम्मेदवार बाबुरामले बुटवलको सडक हडपेर बनाए घर !

एमाले मेयरका उम्मेदवार बाबुरामले बुटवलको सडक हडपेर बनाए घर !

  • 8.0K
    SHARES

  • एमाले मेयरका उम्मेदवार बाबुरामले बुटवलको सडक हडपेर बनाए घर !

    बुटवल,बैशाख २७ ।

    नेकपा एमालेवाट बुटवल उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी बाबुराम भट्टराईले सार्वजनिक जग्गा मिचेर घर बनाएको खुलेको छ । 

    अहिले उनको बुटवलमा श्रवणपथ र मुख्य राजमार्गमा गरी दुईवटा भव्य घर छन । तर उनको मुख्य राजमार्ग मकरध्वजको औषधीपसल अगाडी रहेको घर भने वाटो मिचेर बनाएका छन् ।

    गुल्मीका एक जना वोहरा थर भएका व्यक्तिसंग किनेको उनको जग्गामा उनले घर वनाउन थालेपछि विवाद भएको थियो । 
    बुटवलको मुख्य राजमार्ग चौराह-गोलपार्क खण्डको अस्पताललाईनमा उनले सडक मिचेर भवन बनाएका हुन् । यो सडक विस्तारमा कांग्रेसले अवरोध गरेको झुट्टा आरोप लगाईरहदा उनी आफै सडक कब्जा गरेर भवन बनाएको खुलेको हो ।  यो विवाद वढ्दै गए पछि जग्गाको मुद्धा सर्वोच्च अदालतसम्म पनि पुगेको थियो ।

    सो विवादास्पद जग्गामा उनले घर वनाए ।  तर त्यतिले पनि नपुगेर वांकी रहेको अरु जग्गा कव्जा गर्न उनले पटक पटक प्रयास गर्दै आइरहेका छन । पुस्पलाल पार्कको छेउमा रहेको वाटोको जग्गा कव्जा गर्ने उद्देश्यले छतका छडहरु घर वनाउदै गर्दा नै वाहिर निकालेका छन । जुन अहिले पनि देख्न सकिन्छ । जहाँ उनले ट्रस्ट बनाएर व्यापारिक प्रयोगमा ल्याउने तयारी गरेका छन् । 

    babur.jpg
    बुटवलमा उपमहानगरनगरपालिकाले उनको संरक्षण गरेकै कारण पछिल्लो पटक उक्त विवादास्पद जग्गा भाडामा लगाउने उद्देश्यले फलामका सेड पनि उठाएका छन तर स्थानीयको विरोधका कारण काम पुरा गर्न भने पाएका छैनन । 
    तर उनले निरन्तर सरकारी जग्गा कब्जाको रणनीति अघि सारेका छन् ।

    उनी बुटवलको चौराहा-गोलपार्क सडक निर्माणमा आफ्नो घर पनि पर्ने भएपछि पैसा उठाउने काममा अगुवाई गरेका थिए । उनले नेताहरु भेट्ने र लेनदेन मिलाउने काम गरेको प्रमाण फेला परेको छ । यो आरोपबाट जोगिन उनले यसमा अन्य दलका नेताहरुमाथि दोष थोपर्दै आएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology