बुटवल,बैसाख २५ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सभा २ क सचिब समेत रहेका गौतम रिजालले बुटवल ९ मा घरदैलाे तीब्र पारेका छन् । उनी वडाध्यक्षका उम्मेदवार हुन् । उनले २१ बुदे प्रतिबद्धता पत्र सार्बजनिक समेत गरेका छन् ।
१४ बर्ष कतारको वैदेशिक रोजगारी पछि आफ्नो ब्यापार ब्यवसाय सुरु गरेका रिजाल , बिदेश रहदा पनि राप्रपाको वैदेशिक संगठनका अध्यक्ष रहेर काम गरिसकेका हुन्। समाज परिवर्तन गर्ने जिम्मा अब युवाले लिनुपर्ने भन्ने उदेश्यका साथ रिजाल राजनीतिमा सकृय रहेका थिए।
स्कुले समयमा माओबादी र पछि नेकपा एमालेमा केही समय काम गरेका थिए। तर यी दुबै दलको कार्यसैली प्रती असन्तुष्ट भएर कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालबाट आफ्नो राजनैतिक यात्रा शुरु गरेका हुन । हिन्दुराज्य, संघीयताको खारेजी र भ्रस्टाचारमुक्त नेपालको सपना बोकेर हिडेका रिजालले आफ्नो वडाबासीको लागि विभिन्न २१ बुदा सहितको प्रतिबद्धता पत्र पनि घोषणा गरेका छ्न्।
१.प्रत्येक वडाबासिको परिचय पत्र बनाउने। २.जन्मदर्ता र मृत्युदर्ता प्रमाणपत्र निशुल्क घरसम्मै पुर्याउने ब्यवस्था गर्ने। ३.सुत्केरी महिलालाई ३ महिनासम्म ३ हजार का दरले सुत्केरी भत्ता दिईने। ४.बिधुतिय तार ब्यवस्थापन । ५.एक गल्ली एक केबुल/ ईन्टरनेट । ६.वार्डमा शिशुस्याहार केन्द्र र बाल कक्षा सन्चालन गरिनेछ । ७.जेष्ठ नागरिक विश्राम गृह, जेष्ठ नागरिक चौतारी बनाईनेछ । ८.बिदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार तालिम दिने, ब्यवसाय गर्न आर्थिक , प्राविधिक अनुदान दिने। ९.कालिका पथ मा पार्किङ्ग को ब्यवस्थापन गर्ने । १०.होटल क्षेत्रमा शान्ति सुरक्षाको ब्यवस्थापन गर्ने । ११.कालिकापथ लाई रात्रि बजारको रुपमा बिकास गरि "बटौलिको ठमेल" को रुपमा बिकास गरिने छ। १२.बेरोजगार युवाहरूलाई सिपमुलक तालिम दिई उद्धमी बनाउने। १३.ज्येष्ठ नागरिकको लागि हिड्डुल गर्ने सुरक्षीत पैदल मार्गको लागि पहल गर्ने। १४.सबै धर्मका ब्यक्तिलाई समान व्यबहार गर्ने र धार्मिक यात्रा गर्ने इच्छुक समुहलाई केही रकम बिनियोजन गर्ने। १५. युवाहरूलाई खेलकुदमा समाबेश गराउन विभिन्न खेलकुदका कार्यक्रम गर्ने। १६.पुस्तकालयको स्थापना गर्ने। १७.फ़ोहोर मैला शुल्कमा ५०% कटौती गरिने। १८. १६/३६ कुलो लाई मासिक रुपामा सफाई गरिने। १९. प्रत्येक टोलसमिती मार्फत प्रत्येक पथमा सिसिटिभी क्यामरा जडानको लागि पहल गर्ने। २०. वडामा बेरोजगार महिला दिदीबहिनीलाई सिपमुलक तालिमको ब्यव्स्था गर्ने र त्यहाँबाट उत्पादित सामाग्री टोल कमिटि मार्फत वडा भित्रै बिक्रीवितरणको ब्यवस्था मिलाउने। २१.प्रत्येक चाडपर्वमा समुदायले गर्ने कुनै पनि कार्यक्रमलाई आर्थिक सहयोग गर्ने। २२. शुलभ औसधि पसल संचालन गर्ने । २३. वडा भित्र रहनुभएका बिज्ञहरुको एक समुह बनाई वडा कमिटीको लागि सल्लाहकार समिति गठन गर्ने र प्रत्येक कार्यहरु गर्दा उहाँहरुको सुझाव सल्लाह अनुसारको काम गर्ने। युवाहरू सधैं वैदेशिक रोजगारीमा मात्र जाने कि अब राजनीतितर्फ पनि लाग्ने भन्ने कुराको जवाफ मतदानले बताउने बताए । स्मरण रहोस बुटवल नगरमा राप्रपाबाट अधिकास उमेदवारहरु युवा रहेका छ्न। रिजालले नागरिक अनलाइनसंग भने- "मैले टिकट पाउनु सम्पुर्ण युवा बर्गको सम्मान हो र मेरो जित नै सम्पुर्ण युवाको जित हो ।"
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)