Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेसले निस्कासन गरेपछि मल्लले गरे प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा

कांग्रेसले निस्कासन गरेपछि मल्लले गरे प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा

  • 1.9K
    SHARES

  • कांग्रेसले निस्कासन गरेपछि मल्लले गरे प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा

    डडेलधुरा,वैशाख १५ ।

    सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्लले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेसले पार्टीबाट निस्कासन गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

    बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले भने, ‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गणका हाकिम हटाएझैं पार्टीको विधिविधान कुल्चेर मलाई दोस्रो पटक कांग्रेसको साधारण सदस्य समेत नरहने गरी हटाइएको छ ।

    मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा रहन नैतिकतले दिंदैन । आजैदेखि म प्रदेशसभा सांसद नरहेको घोषणा गर्दछु ।’

    डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवा र मल्ल पक्षबीच लामो समयदेखि विवाद थियो । स्थानीय तह निर्वाचनमा मल्ल समूहले एमालेसँग तालमेल गरेपछि कांग्रेसले कारबाही गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology